images

२०८३ आश्विन २२ गते

images
images
images

४ अर्ब ९६ करोड रुपैयाँ बराबरको गलैँचा निर्यात

४ अर्ब ९६ करोड रुपैयाँ बराबरको गलैँचा निर्यात

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं, ९ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ९६ करोड ३३ लाख रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ । भन्सार विभागका अनुसार २ लाख ४६ हजार ४०४ स्क्वायर मिटर गलैँचा ५९ वटा मुलुकमा निर्यात भएको हो ।

    images
    images

    सबै भन्दा बढी अमेरिकामा २ अर्ब ८३ करोड ५४ लाख रुपैयाँको गलैँचा निर्यात भएको थियो । चीनमा ६१ करोड ६ लाख, जर्मनमा ३० करोड रुपैयाँको गलैँचा निर्यात भएको थियो ।

    यस्तै, भारतमा २५ करोड, बेलायतमा २२ करोड इटालीमा २२ करोड, फ्रान्समा १४ करोड, अस्ट्रेलियामा १३ करोड र बेलजियममा १२ करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend