images

२०८३ आश्विन २० गते

images
images
images

सलोन बस्नेतको फिल्म ‘रंगी’को जापान अधिकार बिक्री

सलोन बस्नेतको फिल्म ‘रंगी’को जापान अधिकार बिक्री

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौँ । सलोन बस्नेतको फिल्म ‘रंगी’को जापान अधिकार बिक्री भएको छ।सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म युना इन्टरटेनमेन्टका लागि उज्जवल गुरागाईंले जापान अधिकार किनेका हुन्।

    images
    images

    निर्माण पक्षले के कति रकममा बिक्री गरेको हो भन्ने खुलाएको छैन।सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म आगामी फागुन २ गते रिलिज हुँदै छ।सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा सलोनसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।

    प्रस्तुतकर्ता सलोनका अनुसार फिल्ममा बाबुछोरीको कथा छ।फिल्म ‘रंगी’ सलोनको डेब्यु निर्माण हो।फिल्म ‘नेपाली बाबु’बाट बाल कलाकारका रूपमा पाइला चालेका सलोनले फिल्म ‘होस्टल’देखि ‘हिरो’का रूपमा अभिनय गरेका हुन्।निर्देशक न्यौपानेले भने  ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनका रूपमा काम गरिसकेका छन्।

    images
    images

    सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन छ।फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दै छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend