images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • प्रभु सेलेक्ट फण्डको नाफा मंसिरमा कात्तिकको...

प्रभु सेलेक्ट फण्डको नाफा मंसिरमा कात्तिकको तुलनामा घट्यो

प्रभु सेलेक्ट फण्डको नाफा मंसिरमा कात्तिकको तुलनामा घट्यो

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित प्रभु सेलेक्ट फण्डले मंसिर मसान्तसम्म १७ करोड ९२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । कात्तिक मसान्तसम्म २३ करोड ९० लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले मंसिरमा ५ करोड ९८ लाख रुपैयाँभन्दा कम नाफा गरेको हो ।

    images
    images

    मंसिरमा योजनाको जम्मा आम्दानी घटेको र खर्च बढेकाले नाफा घट्न पुगेको हो । कात्तिकमा २४ करोड ९० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले ९९ लाख ४४ हजार रुपैयाँभन्दा बढी खर्च गरेको थियो । मंसिरमा भने योजनाले १९ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकोमा १ करोड २१ लाख रपैयाँभन्दा बढी खर्च गरेको छ । मंसिर मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब २३ करोड रुपैयाँभन्दा बढी छ ।

    बैंक मुद्दति निक्षेपमा ४ करोड रुपैयाँ लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी छ । प्रति इकाई खुद सम्पत्ति मूल्य कात्तिकमा १२ रुपैयाँ ४२ पैसा रहेकोमा मंसिरमा ११ रुपैयाँ ९४ पैसा कायम भएको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । मंसिर मसान्तसम्म योजनाको खुद सम्पत्ति भने १ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend