images

२०८३ आश्विन २२ गते

images
images
images

काठमाडौं महानगर वडा १० ले पाँच महिनामा संकलन गर्‍यो १० करोड ५७ लाख राजश्व

काठमाडौं महानगर वडा १० ले पाँच महिनामा संकलन गर्‍यो १० करोड ५७ लाख राजश्व

images
images
मंगलवार, पौष ९ २०८१
मंगलवार, पौष ९ २०८१
  • काठमाडौँ । काठमाडौं महानगरपालिकाको वडा १० ले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १० करोड ५७ लाख ४५ हजार ८७२ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

    images
    images

    वडाले चालु आवको साउनदेखि मंसिरसम्म सो रकम आम्दानी गरेको जानकारी दिएको हो । वडाले सोही अवधिमा २ करोड ७ लाख ४४ हजार १७९ रुपैयाँ खर्च गरेको छ ।

    ट्रान्परेन्सी इन्टरनेशनलले वडामा आयोजना गरेको, ‘नेपालमा सुशासनको पहल’ विषयमा वडा १० को आयव्ययका बारेमा वडावासीसँग भएको छलफलका क्रममा यो विवरण दिइएको हो । सो अवसरमा वडा अध्यक्ष रामकुमार केसीले चालु आवमा वडासँग १५ करोड रुपैयाँ खर्च गर्न सक्ने सम्भावना रहेको बताए ।

    images
    images

    वडा सचिव सुवोध खड्काका अनुसार आयतर्फ सबैभन्दा धेरै घर बहालकरतर्फ ६ करोड ३० लाख ३७ हजार ४४४ रुपैयाँ संकलन भएको छ । त्यसपछि सम्पत्ति करतर्फ २ करोड १६ लाख ४६ हजार ६२६ र व्यवसाय रजिष्ट्रेसन दस्तुर १ करोड ५७ लाख ८९ हजार ९६० रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।

    वडाबाट अहिलेसम्म जात्रा पर्व सञ्चालन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक विद्यालयको शैक्षिक सुधार, लक्षित वर्गलाई सिपमूलक तालिम, ज्येष्ठ नागरिक लक्षितलगायतक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend