images

२०८३ आश्विन २२ गते

images
images
images

सिरहा भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

सिरहा भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • सिरहा । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो अवधिमा कार्यालयले पाँच करोड पाँच लाख ४० हजार राजस्व संकलन गरेको छ ।प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा चार करोड ८८ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ४१ दशमलव ६७ प्रतिशत राजस्व संकलन गरेको हो ।

    images
    images

    कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ९७ लाख ९५ हजार, भदौमा एक करोड सात लाख ७२ हजार, असोजमा एक करोड दुई लाख ७६ हजार, कात्तिकमा एक करोड चार लाख १७ हजार र मङ्सिरमा ९२ लाख ८० हजार राजस्व संकलन गरेको छ ।

    गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा दुई करोड ७७ लाख ४७ हजार राजस्व वृद्धि भएको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा रु दुई करोड ३८ लाख ९३ हजार राजस्व संकलन भएको थियो ।

    images
    images

    चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य १२ करोड १२ लाख ९२ हजार रहेको छ । सिरहामा माडरस्थित सिरहा भन्सार, बरियापट्टीस्थित छोटी भन्सार र भगवानपुरस्थित ठाडी भन्सार  कार्यालय रहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend