images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • एनआईसी एशिया क्यापिटल र युनाइटेड विल्डर्सबीच...

एनआईसी एशिया क्यापिटल र युनाइटेड विल्डर्सबीच सम्झौता

एनआईसी एशिया क्यापिटल र युनाइटेड विल्डर्सबीच सम्झौता

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं ।  एनआईसी एशिया क्यापिटल र युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स लि.बीच क्यापिटलको आइडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

    images
    images

    एनआईसी एशिया क्यापिटलले आइडिया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुगाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    सोही सेवा अन्तर्गत काठमाडौँ महानगरपालिका, वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौँमा रजिष्ट्रार कार्यालय रहेको युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स लिमिटेडलाई क्यापिटलको आइडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवासहित युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स लिमिटेडलाई भविष्यमा कम्पनीको प्रबन्ध पत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुन बमोजिम प्राथमिक शेयर निष्कासन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेड र युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

    images
    images

    एनआईसी एशिया क्यापिटलले आईडिया टु आईपीओ सेवा अन्तर्गत प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्कासन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend