images

२०८३ आश्विन २२ गते

images
images
images

बागमती प्रदेशमा बढ्दै डेंगु संक्रमित

बागमती प्रदेशमा बढ्दै डेंगु संक्रमित

images
images
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
अर्थ समाचार
शुक्रवार, आषाढ २८ २०८१
  • काठमाडौं । पछिल्लो समय बागमती प्रदेशमा डेंगु संक्रमित बढ्दै गएका छन् । 

    images
    images

    प्रदेशमा ७९ जना डेंगु सङ्क्रमित थपिएका हुन । असारको २७ गते बिहीबारसम्म काठमाडौँमा ३५, चितवनमा २४, काभ्रेपलान्चोकमा १५, ललितपुर ३ र मकवानपुर, नुवाकोटमा एक एक जना डेंगु संक्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा सात जना डेंगु संक्रमित थपिएका छन् । वैशाखपछि बागमती प्रदेशका जिल्लाहरूमा डेंगु संक्रमण बढ्न थालेको तथ्यांक छ ।

    images
    images

    स्वास्थ्य मन्त्रालयका अनुसार असारमा प्रदेशका काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, नुवाकोट र काभ्रेपलान्चोकमा डेंगुका बिरामी फेला परेका हुन् । चालू आर्थिक वर्षको साउनदेखि असार २७ गते बिहीबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ८८३ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । 

    चालू आर्थिक वर्षको साउनदेखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको हो । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा तीन हजार ५४५ र सबैभन्दा कम रसुवामा ३ जनामा डेंगु पुष्टि भएको थियो । तथ्याङ्कअनुसार चालू आवको हालसम्म काठमाडौँमा तीन हजार १७९‚ चितवनमा एक हजार ७७३‚ ललितपुरमा एक हजार ४५८‚ मकवानपुरमा ८९३‚ भक्तपुरमा ५२२‚ काभ्रेपलान्चोकमा २०२ जनामा डेंगु पुष्टि भएको छ ।

    त्यस्तै नुवाकोटमा ९१‚ दोलखामा ७९‚ रामेछापमा ३८‚ सिन्धुपाल्चोकमा ६७ र सिन्धुलीमा ३३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए ।

    मन्त्रालयका अनुसार चालू आवको साउनमा दुइ हजार ५१८‚ भदौमा दुई हजार ८०९‚ असोजमा दुई हजार ८१६‚ कार्तिकमा दुई हजार ७०‚ मङ्सिरमा ७६९‚ पुसमा २१५‚ माघमा ६७‚ फागुनमा ७९ र चैतमा २०९, वैशाखमा १३६, जेठमा ११६ जनामा डेंगु संक्रमण पुष्टि भएको तथ्याङ्क छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend