images

२०८३ आश्विन १९ गते

images
images
images

हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

हिमालयन डिस्टिलरीले २० प्रतिशत लाभांश दिने

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं। हिमालय डिस्टिलरी लिमिटेडले २० प्रतिशत लाभांश घोषणा गरेको छ ।कम्पनी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजीको २० प्रतिशतका दरले हुन आउने ५३ करोड ४५ लाख ४ हजार ६ सय ६३ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो ।

    images
    images

    कम्पनीका अनुसार चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ३६ लाख २६ हजार १ सय ६५ बराबर नगद लाभांश र १५ प्रतिशतले हुन आउने ४० करोड ८ लाख ७८ हजार ४ सय ९७ बराबर बोनस सेयर वितरण गरिने छ ।त्यसैगरी चुक्ता पूँजी २ अर्ब ६७ करोड २५ लाख २३ हजार ३ सय १५ बढाएर ३ अर्ब ७ करोड ३४ लाख १ हजार ८ सय १२ रुपैयाँ पुर्‍याउने निर्णय पनि भएको छ ।

    कम्पनीको २४औं वार्षिक साधारणसभा २८ पुसमा हुने र १९ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द हुने जनाइएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend