images

२०८३ आश्विन २२ गते

images
images
images
  • अर्थतन्त्र
  • मङ्सिर मसान्तसम्ममा १४ करोड बराबरको अल्कोहलयुक्त...

मङ्सिर मसान्तसम्ममा १४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात

मङ्सिर मसान्तसम्ममा १४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा १४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात भएको छ । २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा १४ करोड ७३ लाख ७१ हजार रुपैयाँको बियर, वाइन, ह्विस्की लगायतका अल्कोहल युक्त पेय पदार्थ निर्यात भएको भन्सार विभागले जनाएको छ ।

    images
    images

    जसमध्ये ९ करोड ९० लाख ५० हजार रुपैयाँको ९४०२९९ लिटर बियर ५ हजार रुपैयाँको २ लिटर वाइन निर्यात भएको छ । यसैगरी २ करोड ३ लाख ६८ हजार रुपैयाँको ११२१९० लिटर ह्विस्की निर्यात भएको छ ।

    २ करोड १६ लाख ९३ हजार रुपैयाँको २८६२२ लिटर रम, ५३ लाख २८ हजार रुपैयाँको ८९५९ लिटर भोड्का र ८ लाख ८९ हजार रुपैयाँको ९०४ लिटर अन्य अल्कोहल पनि निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend