images

२०८३ आश्विन १९ गते

images
images
images

‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड

‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड

images
images
सोमवार, पौष ८ २०८१
सोमवार, पौष ८ २०८१
  • काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको घरमा उस्मानिया विश्वविद्यालय संयुक्त कार्य समितिको सदस्य भएको दाबी गर्ने व्यक्तिहरूको समूहले  तोडफोड गरेको छ। यस घटनामा ६ जनालाई पक्राउ गरिएको भारतीय मिडियाहरूले उल्लेख गरेको छ।

    images
    images

    उस्मानिया विश्वविद्यालयको संयुक्त कार्य समितिका सदस्यहरूले हैदरावादको जुबली हिल्समा रहेको अर्जुनको घरमा आक्रमण गरेको भिडियो पनि सार्वजनिक भएको छ।भिडियोमा उनको घरमा ढुङ्गा हानेको देख्न सकिन्छ। आइतबार, उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूको एक समूहले अर्जुनको घर बाहिर हङ्गामा मच्चाए र टमाटर फ्याँकेका थिए । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको बताइएको छ।

    घटनाको समयमा अल्लु अर्जुन घरमा थिएनन्। अल्लु अर्जुनको घरमा जबरजस्ती प्रवेश गर्न खोज्दै भाग दौडमा निधन भएका रेवतीको परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका थिए भने भाग दौडमा घाइते भएका र हैदरावादको एक निजी अस्पतालमा उपचार गराइरहेका ९ वर्षीया बालिका सृतेजलाई न्याय दिन पनि माग गरेका थिए।

    images
    images

    अल्लु अर्जुनले आइतबार एक विज्ञप्ति जारी गरेपछि घटना भएको जानकारी दिँदै आफ्ना फ्यानहरूलाई कुनै पनि अपमानजनक भाषा वा व्यवहारबाट बच्न अनलाइन र अफलाइनमा सन्ध्या थिएटर स्टम्पेड केसमा आफूमाथि लगाइएका नयाँ आरोपहरूको पोस्टमा नजोडिन आग्रह गरेका थिए।उनले पोस्टमा लेखेका छन्, ‘म मेरा सबै फ्यानहरूलाई सधैँ झैँ जिम्मेवारीपूर्वक आफ्ना भावनाहरू व्यक्त गर्न र अनलाइन र अफलाइनमा कुनै पनि प्रकारको अपमानजनक भाषा वा व्यवहारको सहारा नगर्न अपिल गर्दछु । आफूलाई मेरो फ्यान भनी गलत परिचय दिएर फेक आइडी र फेक प्रोफाइलबाट बदनाम गर्ने पोस्ट गर्ने विरुद्ध कडा कारबाही गरिनेछ । म फ्यानहरूलाई त्यस्ता पोस्टहरूमा संलग्न नहुन अनुरोध गर्दछु।’

    डिसेम्बर १३ मा, अल्लु अर्जुन हालै रिलिज भएको फिल्म पुष्प २: द रुलको प्रिमियरको क्रममा सन्ध्या थिएटरमा भएको दुखद भाग दौडको सम्बन्धमा पक्राउ परेका थिए, जसमा रेवती नामकी एक महिलाको मृत्यु भएको थियो र घाइते भएका उनका छोरालाई आइसियुमा उपचार भइरहेको छ । यस प्रकरणमा अल्लु अर्जुनले जेलमा एक रात बिताएपछि जमानत पाएका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend