images

२०८३ आश्विन २२ गते

images
images
images

१७ प्रतिशतले बढ्यो निर्यात, ७ खर्ब ३५ अर्बको वैदेशिक व्यापार,

१७ प्रतिशतले बढ्यो निर्यात, ७ खर्ब ३५ अर्बको वैदेशिक व्यापार,

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा निर्यातमा सुधार देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा आयात ३ प्रतिशतले बढ्दा निर्यात भने १६.५४ प्रतिशतले बढेको छ ।

    images
    images

    यस अवधिमा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । विभागका अनुसार गत वर्ष यही अवधिमा ६३ अर्ब २० करोडको निर्यात भएको थियो।

    यस्तै साउन देखि मंसिर सम्ममा  ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँको आयात भएको थियो ।

    images
    images

    विभागका अनुसार चालु आवको पाँच महिनामा कुल ७ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । जुन, गत वर्षको यही अवधिको तुलनामा ४.२१ प्रतिशतले बढी हो । गत वर्ष साउन देखि मंसिर सम्ममा ७ खर्ब ५ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend