images

२०८३ आश्विन २२ गते

images
images
images

५ महिनामै सरकारले लियो झण्डै २ खर्ब ऋण, डेढ खर्ब भुक्तानी

५ महिनामै सरकारले लियो झण्डै २ खर्ब ऋण, डेढ खर्ब भुक्तानी

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं ।  सरकारले चालू आर्थिक वर्षको ५ महिनामा १ खर्ब ९२ अर्ब रुपैयाँ ऋण लिएको छ।चालू आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा मंसिर मसान्तसम्म ५८ अर्ब ३१ करोड थप भएको हो।

    images
    images

    सरकारले मंसिर मसान्तसम्म १७ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ। ५ महिनामा सरकारले १ खर्ब ४४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ। अब सरकारले २४ खर्ब ९२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ।

    कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने बाह्य ऋण दायित्व १२ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। 

    images
    images

    सरकारले चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ। ५ महिनामा ३५.१५ प्रतिशत ऋण उठाएको छ। यसमा आन्तरिक ऋण लक्ष्यको ४९.७० प्रतिशत उठाइसकेको छ भने वैदेशिक ऋण १३ प्रतिशत मात्रै प्राप्त गरेको छ। 

    चालू आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ३ अर्ब बजेट विनियोजन भएकोमा मंसिरसम्म १ खर्ब ७० अर्ब ५९ करोड भुक्तानी भएको छ। वार्षिक बजेट विनियोजनको आधारमा ४२.३५ प्रतिशत हो। बाँकी बजेट २ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ। आन्तरिक ऋण भुक्तानी ३ खर्ब ३६ अर्ब रुपैयाँ बजेटमा उल्लेख गरिएकोमा मंसिर मसान्तसम्म खर्च १ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ। बाँकी १ खर्ब ८७ अर्ब रुपैयाँ बाँकी छ।

    यसमा सावाँ तिर्नको लागि २ खर्ब ४५ अर्ब रुपैयाँ छुट्टाइएकोमा १ खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ। ब्याज भुक्तानीमा ९१ अर्ब रुपैयाँ छुट्टाइएको छ। जसमा २० अर्ब रुपैयाँ ब्याज भुक्तानी गरेको छ। जुन बजेटको ३१.७६ प्रतिशत खर्च भएको छ। बाह्य ऋण भुक्तानीमा ६५ अर्ब ८९ करोड रुपैयाँ छुट्टाइएकोमा २० अर्ब ९३ करोड रुपैयाँ छ। बैदेशिक ऋणको सावाँ भुक्तानी ५३ अर्ब ९४ करोड छुट्टाएकोमा १७ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ।

    बाह्य ब्याज भुक्तानी ११ अर्ब ९५ करोड छुट्याएकोमा ३ अर्ब ६१ करोड रुपैयाँ छ।कुल सावाँ खर्चको लागि २ खर्ब ९९ अर्ब रुपैयाँ छुट्याएकोमा १ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ। ५ महिनामा जम्मा ब्याज तिर्न १ खर्ब ३ अर्ब रुपैयाँ छुट्याएकोमा २६ अर्ब रुपैयाँ तिरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend