images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • पुस २८ गते लाभांश पारित गर्न...

पुस २८ गते लाभांश पारित गर्न ग्रीन भेन्चर्सले डाक्यो साधारणसभा

पुस २८ गते लाभांश पारित गर्न ग्रीन भेन्चर्सले डाक्यो साधारणसभा

images
images
आइतवार, पौष ७ २०८१
आइतवार, पौष ७ २०८१
  • काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले पुस २८ गते आइतबार छैटौंँ वार्षिक साधारण सभा गर्ने भएको छ । 

    images
    images

    सभा रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुने जनाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, सभाले बोनस वितरण पछि पूँजी वृद्धि हुने र सो सम्बन्धी व्यवस्था प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । त्यस कारण पुस ११ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend