बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४ः१४ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस भएको जानकारी प्राप्त भएको छ। यद्यपि भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।




.gif)



