images

२०८३ आश्विन १८ गते

images
images
images

क्रिसमस र नयाँ वर्षको अवसरमा आइएमई पेबाट ट्राभल बुकिङमा १००% क्यासब्याकको अफर

क्रिसमस र नयाँ वर्षको अवसरमा आइएमई पेबाट ट्राभल बुकिङमा १००% क्यासब्याकको अफर

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले आउदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १००% क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

    images
    images

    पुष ५ गते देखि पुष १७ गते सम्म १३ दिनको लागि चल्ने अफर अन्तर्गत सेवाग्राहीहरुले आइएमई पे मार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक १००% क्यासब्याक जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

    अफर अन्तराल भरी हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने १ जना भाग्यशाली सेवाग्राही, बस टिकट काट्ने ३ जना भाग्यशाली सेवाग्राही र केबलकार टिकट काट्ने १० जना भाग्यशाली सेवाग्राहीले खरिद गरिएको टिकट मुल्यको १००% क्यासब्याक जित्ने मौका रहेको छ। विजेताहरु दैनिक लक्की ड्र मार्फत छानिनेछन्।

    images
    images

    “यस्ता ग्राहकमैत्री अफरहरु प्रदान गरेर, हामी हाम्रा सेवाग्राहीहरूका लागि कुनै पनि चाडपर्व र सिजनलाई अझ विशेष बनाउने आशा गर्दछौं। हामी सबैलाई यस अवसरको फाइदा उठाउन र डिजिटल भुक्तानीको सुविधा र फाइदाहरू अनुभव गर्न प्रोत्साहित गर्दछौं”, आइएमई पेका एक अधिकारीले बताए।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend