images

२०८३ आश्विन २२ गते

images
images
images

पाँच महिनामा पौने २१ अर्ब बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

पाँच महिनामा पौने २१ अर्ब बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा २० अर्ब ७७ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।उद्योग विभागका अनुसार मंसिर मसान्तसम्म अटोमेटिक रुटबाट १ अर्ब १३ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ । ‘अप्रुभल रुट’ बाट १८ अर्ब ६४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ ।

    images
    images

    गत आव सोही अवधिको तुलनामा केही बढी प्रतिबद्धता आएको देखिएको छ । गत आव मंसिरसम्म २० अर्ब ६१ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो ।विभागका अनुसार यस वर्ष मंसिरसम्म ३ सय १९ उद्योग दर्ता भएका छन् । यसमध्ये अटोमेटिक रुटबाट १ सय ३८ र अप्रुभल रुटबाट १ सय ८१ उद्योग दर्ता भएको छ ।

    सरकारले वैशाखदेखि अटोमेटिक रुटबाट वैदेशिक लगानी स्वीकृति दिन थालेको थियो । योसँगै अहिलेसम्मको कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ५ खर्ब ३० अर्ब २९ करोड रुपैयाँ बराबर पुगेको छ ।

    images
    images

    साना उद्योगमा थुप्रियो लगानी

    यस वर्ष दर्ता भएका उद्योगमध्ये साना उद्योगमा लगानी थुप्रिएको देखिन्छ ।उद्योग विभागका अनुसार यस वर्ष दर्ता भएकामध्ये ३ सय १२ उद्योग साना छन् । ४ मझौला उद्योग दर्ता भएको देखिन्छ । ३ वटामात्र ठूला उद्योग दर्ता भएका छन् ।

    पर्यटन र सूचना प्रविधिमा आकर्षण

    यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी आएका क्षेत्रमध्ये सबैभन्दा बढी आकर्षण पर्यटन र सूचना प्रविधिमा देखिन्छ ।उद्योग विभागका अनुसार पर्यटनमा १ सय ४५ उद्योग दर्ता भएका छन् । जुन कुल दर्ता भएका उद्योगको ४५ प्रतिशत हुन आउँछ ।

    त्यस्तै सूचना प्रविधिमा १ सय ६ उद्योग दर्ता भएका छन् । यो कुल उद्योगको ३३ प्रतिशत हो । सेवा क्षेत्रमा ४०, उत्पादनमूलक उद्योगमा २२, कृषिमा ५ र पूर्वाधारमा एउटा उद्योग दर्ता भएको समेत तथ्यांकले देखाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend