images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • इन्फिनिटी लघुवित्तले यो वर्ष पनि लाभांश...

इन्फिनिटी लघुवित्तले यो वर्ष पनि लाभांश नदिने

इन्फिनिटी लघुवित्तले यो वर्ष पनि लाभांश नदिने

images
images
बिहिवार, पौष ४ २०८१
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं  । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । पछिल्लो वर्ष आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यस अघिका तीन आर्थिक वर्ष पनि कम्पनीले निरन्तर लाभांश वितरण गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० देखि कम्पनीले लाभांश वितरण गरेको छैन् । 

    images
    images

    पुस ३ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने र कुनै पनि लाभांश यो वर्ष वितरण नगर्ने निर्णय गरेको हो । 

    हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ७४ लाख १५ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म जगेडा कोष रकम १६ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको वितरणयोग्य नाफा भने ६ करोड ७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend