काठमाडौं । हुन्डाई नेपालले ”हुन्डाई शोरुम जानुहोस्, हात खाली नजाने गरी बोस्चको सामान घर लैजानुहोस् !” अफर सार्वजनिक गरेको छ ।
हुन्डाईले डिसेम्बर डिलाइटअन्तर्गत यस्तो अफर ल्याइएको हो । योमरी पुन्ही र उधौली पर्वको अवसरमा यही शनिबार नक्साल र थापाथलीका शोरुममा विशेष कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा लाइभ योमरी पुन्ही, लाइभ पोटरी, फेस पेन्टिङ, फोटो कन्टेस्ट, शान्ता क्लजको सरप्राइज गिफ्ट्स साथै अरू थुप्रै रोमाञ्चक गतिविधि रहेका छन् ।
साथै, कार्यक्रमका सबै गतिविधिहरूमा भाग लिन र बोस्चको उत्कृष्ट सामान जित्ने सुनौलो अवसर पाइनेछ । उत्साही प्रयास र खुसीका पलहरूलाई हुन्डाई नेपालले पुरस्कारस्वरूप बोस्चका अत्याधुनिक उपकरणहरू प्रदान गर्नेछ ।




.gif)





