images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • फाइनान्स कम्पनीः नाफा ग्रोथ गर्नेमा जानकी...

फाइनान्स कम्पनीः नाफा ग्रोथ गर्नेमा जानकी फाइनान्स अगाडी, कसको नाफा कति  ?

फाइनान्स कम्पनीः नाफा ग्रोथ गर्नेमा जानकी फाइनान्स अगाडी, कसको नाफा कति  ?

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौं । फाइनान्स कम्पनीहरुको वित्तीय विवरणमा सुधारको संकेत देखिएको छ । 

    images
    images

    चालु आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको खुद नाफा केही बढेको छ । यसअवधिमा सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीहरुले २९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा भने फाइनान्स कम्पनीले समग्रमा १५ करोड ११ लख रुपैयाँ घाटा व्यहोरेका थिए । 

    यसअवधिमा ५ फाइनान्स कम्पनीहरु घाटामा रहेका छन् । गत बर्षको चारमहिनासम्म ८ फाइनान्स कम्पनीहरु घाटामा थिए । 

    images
    images

    कसको नाफा कति  ?

    यसअवधिमा सबैभन्दा धेरै खुद नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स रहेको छ । यसअवधिमा यसले १५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । 

    मञ्जुश्री फाइनान्सले १५ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३४.६५ प्रतिशत बढी हो । गत आवको ४ महिनामा कम्पनीले ११ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    यस्तै, आइसीएफसी फाइनान्सले ८ करोड ४५ लाख, जानकी फाइनान्सले ७ करोड ५४ लाख, गुडविल फाइनान्सले ५ करोड ६३ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड ८ लाख, गोर्खाज फाइनान्सले ३ करोड ६१ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ४२ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले ८८ लाख रुपैयाँ र नेपाल फाइनान्सले ६८ लाख रुपैयाँ नाफा कमाएको छ । 

    घाटामा कुन कुन ?
    यो अवधिसम्म ५ वटा फाइनान्स कम्पनी भने घाटामा रहेका छन् । सबैभन्दा धेरै घाटा गुहेश्वरी मर्चेन्ट बैकिङले व्यहोरेको छ । कम्पनीले १४ करोड ५७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ५ करोड ३१ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।  

    त्यस्तै, रिलायन्स फाइनान्सले १० करोड ५५ लाख रुपैयाँ, पोखरा फाइनान्सले ६ करोड ४२ लाख रुपैयाँ, समृद्धि फाइनान्सले २ करोड ६३ लाख रुपैयाँ र वेष्ट फाइनान्सले २ करोड ३३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

    नाफा ग्रोथ गर्नेमा को अगाडी ?

    गत आवको तुलनामा सबैभन्दा धेरै नाफा ग्रोथ गर्नेमा जानकी फाइनान्स रहेको छ । कम्पनीले ८९३.१६ प्रतिशतले नाफा बढाएको छ । गत आवको सोही अवधिसम्म ७६ लाख रुपैयाँ नाफा कमाएको जानकीले चालु आवको यस अवधिसम्म ७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

    त्यस्तै, आइसीएफसीको ३३८.९२ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको १९५.३५ प्रतिशत, मल्टीपर्पस फाइनान्सको १७७.९८ प्रतिशत र मन्जुश्री फाइनान्सको ३४.६५ प्रतिशतले नाफा बढेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend