images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • संखुवा खोला जलविद्युत् आयोजनामा जुट्यो लगानी,...

संखुवा खोला जलविद्युत् आयोजनामा जुट्यो लगानी, वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर

संखुवा खोला जलविद्युत् आयोजनामा जुट्यो लगानी, वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा संखुवाखोला जलविद्युत आयोजनामा लगानी जुटाइएको छ ।

    images
    images

    आयोजनामा एभरेष्ट बैंक, नेपाल एसबिआइ बैंक र सानिमा बैंक गरी  ४ बैंकहरुले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरेका छन् । ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजनाको मंसिर २४ गते सोमबारको दिन प्रवर्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड र लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकामा निर्माण हुनेछ ।

    परियोजनाको अनुमानित लागत ८ अर्ब २० करोडमध्ये बैंकहरुले ७५:२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकले २ अर्ब ९० करोड रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ, नेपाल एसबिआइ बैंकले १ अर्ब २५ करोड र सानिमा बैंकले ७५ करोड रुपैयाँ लगानी गर्नेछन् । २५ प्रतिशत स्वपुँजी प्रवर्धकहरुबाट जुटाइने छ । परियोजना आगामी चार वर्षभित्र  निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

    images
    images

    निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सबसस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

    सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापना कालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सह-अगुवाई  तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्फत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको  बताए । उनले बैंकिङ क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए ।

    हाल सम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधिन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजना सहित जम्मा ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । सिटिजन्स बैंकले हालसम्म १५ वटा हाइड्रो पावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सह-अगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी गरेको छ ।

    प्रवर्धक कम्पनी गुराँस हाईड्रो लिमिटेडका तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताए । उनले  हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण सुरु गरि समयमै सम्पन्न हुने दाबी गरे ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend