images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • यी १४ हाइड्रोपावरले गरे लाभांश...

यी १४ हाइड्रोपावरले गरे लाभांश घोषणा, कसले कति दिँदैछन् लाभांश ?

यी १४ हाइड्रोपावरले गरे लाभांश घोषणा, कसले कति दिँदैछन् लाभांश ?

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये १४ कम्पनीले लाभांश घोषणा गरेका छन् ।

    images
    images

    जसमध्ये यूनाइटेड इदि मर्दि हाइड्रोपावर, कुथेली बुखेरी हाइड्रोपावर, माउन्टेन इनर्जी, सगरमाथा जलविद्युत कम्पनी, विन्ध्यावासिनी हाइड्रोपावर, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रुरु जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, साहस ऊर्जा, भगवति हाइड्रोपावर, माण्डु हाइड्रोपावर र सुपरमाइ हाइड्रोपावर हुन् ।

    माण्डु हाइड्रोपावर
    माण्डु हाइड्रोपावर कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १२ प्रतिशत लाभांश दिने भएको छ । जसमा कम्पनीले १२ प्रतिशत नै नगद लाभांश मात्रै दिने निर्णय गरेको छ ।

    images
    images

    भगवति हाइड्रोपावर
    भगवति हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ दशलमव ७३६८ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये कम्पनीले ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी १० दशलमव ७३६८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    साहस ऊर्जा
    साहस ऊर्जाले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव ४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

    सुपर मादी हाइड्रोपावर
    सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

    रुरु जलविद्युत
    रुरु जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट कुल १५ दशलमव ७८९ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १५ प्रतिशत बोनश शेयर दिने भएको हो भने ० दशलमव ७८९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    अपि पावर 
    अपि पावर कम्पनीले ५ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि ० दशलमव २६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    अरुण भ्याली हाइड्रोपावर
    अरुण भ्याली हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव १५७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    सगरमाथा जलविद्युत
    सगरमाथा जलविद्युत कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ प्रतिशत लाभांश दिने भएको छ । जसमा ४ दशमलव ७५ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि ० दशलमव २५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    मन्दकिनी हाइड्रोपावर
    त्यसैगरी मन्दकिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशलमव २६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    विन्ध्यावासिनी हाइड्रोपावर
    विन्ध्यावासिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट कुल ८ प्रतिशत लाभा।श दिने भएको छ । जसमा कम्पनीले बोनश शेयर मात्रै वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले कात्तिक २८ गते बुक क्लोज गरिसकेको छ ।

    सुपरमाइ हाइड्रोपावर
    सुपरमाइ हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनश शेयर र ५ दशलमव ६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

    यूनाइटेड इदि मर्दि एन्ड हाइड्रोपावर
    यूनाइटेड इदि मर्दि एन्ड हाइड्रोपावरले कुल ४ दशलमव २११ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ भने ० दशलमव २११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

    कुथेली बुखरी हाइड्रो
    कुथेली बुखरी हाइड्रोले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० प्रतिशत लाभांश दिने भएको छ । जसमा कम्पनीले नगद नदिइ १० प्रतिशत नै बोनश शेयर दिने भएको हो ।

    माउन्टेन इनर्जी
    माउन्टेन इनर्जीले गत वर्षको नाफाबाट कुल १५ दशलमव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले १५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको हो भने ० दशलमव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

    लाभांश घोषणा गरेकामध्ये ३ कम्पनी यूनाइटेड इदि मर्दि एन्ड हाइड्रोपावर, कुथेली बुखरी र माउन्टेन इनर्जीले बुक क्लोज मिति तय गरेका छैनन् भने बाँकी ११ वटा कम्पनीले बुक क्लोज गरिसकेका छन् । अब बुक क्लोज गर्न बाँकी यी ३ कम्पनीको शेयर किन्नले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend