images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • सोपान फर्मास्युटिकल्सको सेयर बिक्रीमा, शेयरधनीले...

सोपान फर्मास्युटिकल्सको सेयर बिक्रीमा, शेयरधनीले मात्रै आवेदन दिन पाउने

सोपान फर्मास्युटिकल्सको सेयर बिक्रीमा, शेयरधनीले मात्रै आवेदन दिन पाउने

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौं । सोपान फर्मास्युटिकल्सको करिब ३ लाख कित्ता शेयर आज मंसिर २४ गतेबाट बिक्रीमा राखिएको छ।

    images
    images

    कम्पनीको संस्थापक समूहको २ लाख ९६ हजार १२२ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। कम्पनीले गत असोज १५ गतेदेखि कात्तिक ३० गतेसम्म आफ्ना संस्थापक शेयरधनीहरुलाई चुक्तापुँजी ९९ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २९ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गरेको थियो। सो अवधिमा २६ लाख ७३ हजार ८७८ कित्ताका लागिमात्रै खरिद आवेदन परेको थियो।

    बिक्रीमा राखिएको शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    images
    images

    लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। बोलपत्र पेस गर्ने अन्तिम मिति पुस ३ गतेसम्म रहेको छ।बोलपत्र काठमाडौंको तीनकुनेस्थित कम्पनीको कर्पोरेट कार्यालयमा पेस गर्नुपर्नेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend