images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • साढे ५ खर्ब लागतका दुई हाइड्रो...

साढे ५ खर्ब लागतका दुई हाइड्रो पीपीपी मोडेलमा बनाइने

साढे ५ खर्ब लागतका दुई हाइड्रो पीपीपी मोडेलमा बनाइने

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं । ५ खर्ब ५३ अर्ब रुपैयाँ लागतका दुई जलविद्युत् आयोजना (किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना) सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बनाइने भएको छ ।

    images
    images

    विद्युत् उत्पादन कम्पनी लिमिडेटले यी दुई आयोजनाका लागि वित्तीय लगानी आह्वान गर्दै आशयपत्र मागेको छ । कम्पनीका अनुसार दुई आयोजनामा पीपीपी ढाँचामा लगानी जुटाउने प्रक्रिया अगाडि बढेको छ ।

    त्यसका लागि स्वदेशी क्षमता अभिवृद्धि गर्न र स्थानीय लगानी प्रोत्साहन गर्न स्वपूँजीको कम्तीमा ५१ प्रतिशत लगानीका लागि प्रस्ताव पेस गर्न सकिने भएको छ ।यसका लागि नेपाली नागरिक र नेपाली नागरिक मात्र प्रवर्द्धक रहेको कम्पनी वा संस्थाबाट लगानी प्रस्ताव पेस गर्न सकिने समेत कम्पनीले जनाएको छ ।

    images
    images

    किमाथांका अरुणको क्षमता ४ सय ५४ मेगावाट हो । यसको लागत ९३ अर्ब ८० करोड अनुमान गरिएको छ । मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको क्षमता १ हजार ९ सय २ मेगावाट हो । जसको लागत ४ खर्ब ६० अर्ब रुपैयाँ हुने अनुमान छ । कम्पनीले १५ दिनभित्र प्रस्ताव पेस गर्न भन्दै आइतबार सूचना जारी गरेको छ ।

    यस्ता छन् लगानीका सर्त :

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend