images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • चालू आर्थिक वर्षको चार महिनामै...

चालू आर्थिक वर्षको चार महिनामै ४ अर्ब ८२ करोडको बीमा पोलिसी सरेण्डर

चालू आर्थिक वर्षको चार महिनामै ४ अर्ब ८२ करोडको बीमा पोलिसी सरेण्डर

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा ४ अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालू आवको साउनदेखि कात्तिक मसान्तसम्ममा ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो । जुन ३५ हजार ९८५ वटा पोलिसी वापतको हो ।

    images
    images

    यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सबैभन्दा धेरै पोलिसी सरेण्डर भएको छ । यस कम्पनीको १० हजार ४८ वटा पोलिसी बापतको एक अर्ब ५७ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।सर्वाधिक पोलिसी सरेण्डर हुने कम्पनीहरूको दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको ८ हजार ४०८ वटा पोलिसी बापतको एक अर्ब ३७ करोड ४० लाख रुपैयाँ बराबरको सरेण्डर भएको छ ।

    प्राधिकरणको अनुसार चालू आवको चार महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको ३७ करोड ४१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर हुँदा नेशनल लाइफ इन्स्योरेन्सको २९ करोड ३१ लाख रुपैयाँको सरेण्डर भएको छ । यसका साथै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।

    images
    images

    त्यस्तै, यस अवधिमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २२ करोड ७४ लाख, सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ११ लाख, मेट लाइफको १३ करोड ५३ लाख, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ३१ लाख र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५२ लाख बराबरको पोलिसी सरेण्डर हुँदा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५९ लाख बराबरको सरेण्डर भएको छ ।यस अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ६३ लाख र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड २९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend