images

२०८३ आश्विन २२ गते

images
images
images

वीरगञ्जमा भएन लक्ष्य अनुसार राजस्व सङ्कलन

वीरगञ्जमा भएन लक्ष्य अनुसार राजस्व सङ्कलन

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ ।

    images
    images

    कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड सङ्कलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो । 

    प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो ।

    images
    images

    यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ ।

    कार्यालयले गत साउनमा रु १२ अर्ब १६ करोड, भदौमा रु १३ अर्ब २३ करोड, असोजमा रु १३ अर्ब ४७ करोड  कात्तिकमा रु ११ अर्ब चार करोड राजस्व सङ्कलन गरेको थियो । गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ सङ्कलन भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend