images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • लुम्बिनी प्रदेशमा १ हजार ५...

लुम्बिनी प्रदेशमा १ हजार ५ सयबढी व्यवसाय बन्द

लुम्बिनी प्रदेशमा १ हजार ५ सयबढी व्यवसाय बन्द

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । मुलुकमा व्याप्त आर्थिक मन्दीको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ ।  उक्त प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक हजार पाँच सयबढी उद्योगरव्यवसाय बन्द भएको जनाइएको छ । प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पहिलो चौमासिकमा एक हजार पाँच सय २५ उद्योगरव्यवसायको लगत कट्टा गरिएको जनाएको छ । 

    images
    images

    मन्त्रालयले दिएको जानकारी अनुसार उद्योगतर्फ सात सय ४२ र वाणिज्यतर्फ सात सय ८२ को लगत कट्टा भएको छ । उद्योग तथा वाणिज्यतर्फ हेर्दा सबै भन्दा धेरै गुल्मीमा दुई सय ८१ उद्योग / व्यवसाय बन्द भएका छन् भने सबै भन्दा कम अर्घाखाँचीमा उद्योग व्यवसायको लगत कट्टा गरिएको छ । त्यसैगरी रुपन्देहीमा एक सय ३३, बाँकेमा दुई सय ५४, नवलपरासी पश्चिममा ८५, कपिलवस्तुमा एक सय पाँच, दाङमा दुई सय ६३, बर्दियामा एक सय २४, पाल्पामा एक सय ८१, प्युठानमा ३३, रोल्पामा ४८ र रुकुम पूर्वमा नौवटा साना उद्योग तथा व्यवसाय बन्द भएको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनीले जानकारी दिएको छ ।

    स्रोत भन्छ, घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् । यो तथ्यांक घरेलु तथा साना उद्योग कार्यालयसम्म पुगेर आधिकारिकरूपमा बन्द गराउनेको संख्या हो।

    images
    images

      बैंकको ऋणको लागि कतिपयले उद्योग बन्द नगराएको पाइएको छ भने नयाँ दर्ता गर्नेमा उत्साह देखिएको छैन तर लगत कट्टा बढेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । उद्योगको लगत कट्टा गर्ने व्यवसायीले व्यवसाय नचलेकै कारण बन्द गर्नुपरेको उद्योगीले बताउने गरेको घरेलु कार्यालयले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend