images

२०८३ आश्विन १९ गते

images
images
images

डाफोडिल कप–२०८१

डाफोडिल कप–२०८१

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौंः बुधबार, सुन्दरीजल बास्केटबल प्रतियोगिता ग्रप ए अन्तरगत आज भएको प्रतियोगितामा डाफोडिल स्कूलले डिपिएसको टिमलाई पराजित गरेर यस ग्रुपबाट क्वाटरफाईनलमा पुग्न सफल भए । ग्रुप ए अन्तरगत रनरअप भएको युरो स्कूलपनि क्वाटरफाइनलमा पुग्न सफल भयो ।

    images
    images

    ग्रुप डी अन्तरगत भएको बास्केटबल प्रतिस्पर्धामा बोधी सदनले गाल्डेन पिकलाई ४१–३८ को अंकले पराजित गरे तर सो खेलमा जित निकाल्दा पनि बास्केट स्कोरको कमीले गर्दा  सो स्कूल क्वाटरफाईनलमा पुग्न बन्चित रहे । यस समुहबाट ज्ञान निकेतन र गोल्डन पिक क्रमशः बिजेता र उप–बिजेता रही क्वार्टर फाईनलमा आफ्नो स्थान बनाउन सफल भए । 

    यसै गर बौद्ध इन्टरनेशनल स्कूल र ज्ञानमाला स्कूल पनि ग्रुप बी को विजेता र उप–विजेता भई क्वार्टरफाईनल मा प्रवेश गर्न सफल भएको छ ।

    images
    images

    फुटसल प्रतियोगितामा भएको यू१६ समुहको फुटसलको सेमिफाइनल प्रतियोगितामा युरो स्कूलले डाफोडिल बोर्डिङ स्कूललाई टाईब्रेकरमा ३–२ ले पराजित गरी फाईनलम प्रवेश गरेको छ ।
    यू१६ समुहको अर्को प्रतियोगितामा डाफोडिल पब्लिक स्कूलले चेल्सी वल्र्ड स्कूललाई टाईब्रेकरमा ४–३ ले पराजित गरी फाईनलमा प्रवेश गरेको छ ।
    यसै गरी यू१४ समुहको प्रतियोगितामा डाफोडिल बोर्डिङ स्कूल बी ले वील्सन एकेडेमीलाई २–१ ले पराजित गरी फाईलनमा स्थान बनाएको छ भने डाफोडिल पब्लिक स्कूलले डिविएस ए लाई पराजित गरी यू१४ को फाईनलमा आफूलाई पार्न सफल भएको छ ।

    बास्केटबलको सबै क्वार्टरफाइनलको प्रतिस्पर्धाहरु मंसिर २० मा हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend