images

२०८३ आश्विन २० गते

images
images
images

दयाहाङ, जितु र दीया अभिनीत 'कार्साङ' को टिजर सार्वजनिक

दयाहाङ, जितु र दीया अभिनीत 'कार्साङ' को टिजर सार्वजनिक

images
images
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • काठमाडौं । दयाहाङ राई अभिनीत फिल्म 'कार्साङ' को टिजर सार्वजनिक भएको छ।

    images
    images

    निर्माणपक्षले बुधबार ओएसआर डिजिटलको युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो। 

    ग्रामीण परिवेशमा रहेर निर्माण गरिएको फिल्मको २ मिनेट २५ सेकेन्डको टिजरमा गरिबी, अभाव, निःसन्तानपनले दाम्पत्य जीवनमा पारेको प्रभावलाई देखाइएको छ। 

    images
    images

    अभिनेता दयाहाङ राई धामीको भूमिकामा छन्। जितु नेपाल र दीया मास्के श्रीमान–श्रीमतीको भूमिकामा छन्।

    ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा र त्यो पूरा गर्न नसक्दाको कथा टिजरमा समावेश छ।

    'कार्साङ' यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको हो। शेर्पा समुदायको संस्कृतिमा आधारित कार्साङबाट अभिनेत्री सिर्जना निङलेखुले फिचर फिल्ममा डेब्यु गरेकी छिन्। साथमा बुद्धि तामाङ, रविन्द्र झा, प्रेम लोप्चन, कविता आले लगायतको अभिनय छ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता पुरूषोत्तम प्रधान हुन्। सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन्। लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन्।'कार्साङ' पुस २६ गतेदेखि प्रदर्शनमा आउनेछ। यसलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend