images

२०८३ आश्विन २२ गते

images
images
images

धनगढीमा ६६ करोड बढी राजश्व संकलन,लक्ष्यभन्दा ३५ प्रतिशतले कम

धनगढीमा ६६ करोड बढी राजश्व संकलन,लक्ष्यभन्दा ३५ प्रतिशतले कम

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • धनगढी। आन्तरिक राजश्व कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा ६६ करोड बढी राजश्व संकलन गरेको छ ।

    images
    images

    चालु वर्षको साउनदेखि कार्तिक मसान्तसम्म ६६ करोड ४१ लख ३५ हजार राजश्वक संकलन गर्दै ६५ दशमलव ५३ प्रतिशत प्रगति गरेको छ ।

    राजश्व कार्यालयले गरेको यो प्रगति पहिलो चौमासिकको लक्ष्यभन्दा ३५ प्रतिशतले कम भएको देखिन्छ । कार्यालयले पहिलो चौमासिकमा एक अर्ब १३ करोड ५५ लाख चार हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो तर लक्ष्य अनुसार प्रगति गर्न नसकेको पाइएको हो ।

    images
    images

    तर गत आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिकको तुलनामा थोरै बढी राजश्व संकलन गरेको देखिन्छ । गत आर्थिक वर्षमा ६६ करोड ३२ लाख ३ हजार राजश्व संकलन गरेको आन्तरिक राजश्व कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

    चालु वर्षको पहिलो चौमासिकमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको कार्यालयले मूल्य अभिवृद्धि करतर्फ भने गत वर्षको भन्दा राम्रो प्रगति गरेको छ । गत वर्ष मूल्य अभिृबद्धि कर वापत २४ करोड चार हजार संकलन गरेकोमा चालु आर्थिक वर्षमा २५ करोड ८१ लख ५७ हजार राजश्व संकलन गरेको छ।

    अघिल्लो वर्षको तुलनामा मुअकतर्फ बढि असुली गरिएको भए पनि पहिलो चौमासिकको लक्ष्यअनुसार भने संकलन हुन सकेको छैन । कार्यालयले ३२ करोड ६६ लाख ३५ हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।यस्तै, आयकरतर्फ ३२ करोड ८६ लाख ३५ हजार, बहाल करतर्फ २२ लाा ४६ हजार, ब्याज करतर्फ एक करोड ६५ लाख, अन्त शुल्कतर्फ ५ करोड ७४ लाख र स्वास्थ्य सेवातर्फ ५४ हजार राजश्व संकलन भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

    राजश्व कार्यालयका प्रमुख कर अधिकृत मोहनबहादुर बस्नेतले आर्थिक गतिविधीमा आएको कमी, चौमासिक लक्ष्यको आकार ठूलो हुनु, व्यापार, व्यवसायमा आएको गिरावट जस्ता कारणले लक्ष्यअनुसार राजश्व संकलन गर्न नसकिएको बताए ।

    अर्कोतिर पुष मसान्तसम्म आय विवरण पेश गर्ने समय भएकाले व्यवसायिक फार्मले त्यसपछि पूर्ण कर बुझाउनुपर्ने अवस्था हुने भएकाले अर्को चौमासिकमा राम्रो प्रगति हुनसक्ने उनी बताउँछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend