images

२०८३ आश्विन १९ गते

images
images
images

भैरहवाबाट कतार एयरवेजको उडान स्थगित, पर्यटन क्षेत्रमा निराशा

भैरहवाबाट कतार एयरवेजको उडान स्थगित, पर्यटन क्षेत्रमा निराशा

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं ।  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजले उडान स्थगित गरेको छ । कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडवडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौँ–दोहा रुटमा दैनिक व्यावसायिक उडान गर्दै आएको थियो ।

    images
    images

    आइतबारदेखि नयाँ उडानका लागि अनुमित  नमागेको गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोदकुमार रावतले रातोपाटीलाई बताए । उनले भने, ‘नोभेम्बर ३० सम्म अनुमति मागेको थियो । नयाँ के गर्छ अझै भन्न सकिन् ।’

    नेपाल नागरिक उड्डयन प्राधिकरणकाले मङ्सिर १६ पछि पनि उडानका लागि प्रस्ताव पेस गर्न इमेल मार्फत पत्राचार गरिएकोमा एयरवेजले भैरहवाबाट उडानका लागि उच्चस्तरमा कुराकानी गरेर निर्णय गर्ने जवाफ पठाएको  छैन । अहिले सम्म थप अनुमतिको लागि प्रस्तावसमेत नगरेको उनको भनाइ छ ।

    images
    images

    यो समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।  यस क्षेत्रका पर्यटन व्यवसायीले यसलाई नियमित बनाउनुपर्ने आवाज उठाइरहेका छन् । हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन् ।   कतार एयरको उडान रोकेपछि व्यवासयीहरु फेरि निराश बनेको नाटा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend