images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • १७.८० अंकले बढ्यो सेयर बजार, ८...

१७.८० अंकले बढ्यो सेयर बजार, ८ अर्ब ५२ करोडको कारोबार

१७.८० अंकले बढ्यो सेयर बजार, ८ अर्ब ५२ करोडको कारोबार

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  •  काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १७.८० अंक बढेको छ ।

    images
    images

    सो अंकको वृद्धिपछि परिसूचक २७७५ अंकमा कायम भएको छ । परिसूचक बढ्दा कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्बमाथिको कारोबार भएकोमा यस दिन ८ अर्ब ५२ करोडको भयो ।

    १४२ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने ५ को स्थिर रह्यो । फाइनान्स १.३९, हाइड्रोपावर १.८५, जीवन १.५२, उत्पादन ०.०६, व्यापार ५.९६ र अन्य ०.२७ प्रतिशत बढे । बैंकिङ ०.१९, विकास बैंक ०.३७, होटल तथा पर्यटन १.७१, लगानी ०.४१, माइक्रोफाइनान्स ०.३२ तथा निर्जीवन बीमा ०.५२ प्रतिशत घटे ।

    images
    images

    दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । ङादी ग्रुप पावरको ८.६, शिवश्री हाइड्रोको ८.१, छ्याङ्दी हाइड्रोको ७.३ प्रतिशत मूल्य बढ्यो ।

    त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ९.५, जानाकी फाइनान्सको ६.१, गुराँस लघुवित्तको मूल्य ३.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, बेस्ट फाइनान्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend