images

२०८३ आश्विन १९ गते

images
images
images

माउण्टेन इनर्जीद्वारा १५ प्रतिशत लाभांश घोषणा

माउण्टेन इनर्जीद्वारा १५ प्रतिशत लाभांश घोषणा

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको हिजो मङ्सिर १७ गते साँझ बसेको संचालक समितिको बैठकले आर्थिकवर्ष २०८०/८१को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

    images
    images

    जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १५प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।हाल कम्पनीको चुक्तापुँजी २अर्ब २६करोड ३२लाख ३१हजार रुपैयाँ रहेको छ।

    कम्पनीको आगामी साधारण सभाले पारित गरे पछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले पुस २८ गते साधारण सभा गर्ने भएको छ।कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।यस संगै पुस १० गते सम्मका यम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भागलिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

    images
    images

    कम्पनीले लगातार दोस्रो वर्ष १५.७८९५प्रतिशत लाभांश प्रस्ताव गरेको हो।कम्पनीले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट पनि १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७८९५ प्रतिशत नगद गरि कुल१५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।

    माउण्टेनइनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन्। कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रति मेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो।माउण्टेनइनर्जीले १२मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ।

    कम्पनीले हालै मात्र दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता पनि गरेको छ।कम्पनीले मनाङको दूधखोलामा सीताहाइड्रोले प्रबर्दनगरेको ६५ मेगावाट क्षमताको उक्त आयोजनामा लगानी गर्ने भएको हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend