images

२०८३ आश्विन १९ गते

images
images
images

४३ मेगावाटको अपर मादी आयोजनामा बैंकहरुले लगानी गर्ने

४३ मेगावाटको अपर मादी आयोजनामा बैंकहरुले लगानी गर्ने

images
images
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • काठमाडौं । कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी- खोला आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका छन् ।

    images
    images

    सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाई र ग्लोबल आइएमई बैंकको सह-अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन् । आयोजना निर्माणका लागि यी ६ बैंकले पाँच अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् ।

    ऋण लगानी सम्झौतामा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आयोजना प्रवर्द्धक कम्पनी अन्नपूर्ण पावर कम्पनी र बैंकबीच हस्ताक्षर भएको छ । हस्ताक्षर गरिएको सम्झौतापत्र कम्पनीका तर्फबाट सिइओ वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले र बैंकहरुकातर्फबाट अगुवा बैंक सिटिजन्स बैंकका डेपुटी सिइओ राजेन्द्रलाल श्रेष्ठले ‘एक्स्चेन्ज’ गरेका छन् ।

    images
    images

    अन्नपुर्ण पावर कम्पनीका अध्यक्ष सबु कोइरालाको अध्यक्षता रहेको कार्यक्रममा सांसदहरु डा. स्वर्णिम वाग्ले, डा. चन्द्र भण्डारी, मनबहादुर गुरुङ, जीवन परियार सहभागी थिए । त्यसैगरी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र राज ढकाल, विद्युत नियमन आयोगका अध्यक्ष डा.रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, अन्नपुर्ण पावर कम्पनीका सञ्चालक शिला काेइराला लगायत बैंकका प्रतिनिधिहरु सहभागी भएका थिए ।

     आयोजनाको लागत आठ अर्ब १२ करोड अनुमान गरिएको छ । आयोजना निर्माणका लागि सिटीजन्स बैंकले एक अर्ब ५० करोड, ग्लोबल आइएमई बैंकले एक अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब, लक्ष्मी सनराइज बैंकले ८५ करोड, नेपाल एसविआइ बैंकले ६० करोड र माछापुच्छ्रे बैंकले ५० करोड लगानी गर्नेछन् ।

    ३० प्रतिशत स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइनेछ । आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अन्नपूर्ण पावर कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend