images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • १९.९७ अंकले बढ्यो शेयर बजार, साढे...

१९.९७ अंकले बढ्यो शेयर बजार, साढे १० अर्ब बढीको कारोबार

१९.९७ अंकले बढ्यो शेयर बजार, साढे १० अर्ब बढीको कारोबार

images
images
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १९.९७ अंकले बढेर दुई हजार ७५८.०४ अंकमा बजार बन्द भएको छ । यसदिन फ्लट इन्डेक्स ०.३२ अंकले बढेकोमा सेन्सेटिभ इन्डेक्स १.५० र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५१ अंकले घटेको छ ।

    images
    images

    आज कारोबारमा आएका २४४ मध्ये १२६ कम्पनीले नाफा कमाएका छन् भने ११२ कम्पनीले गुमाउँदा ६ कम्पनीको शेयर स्थिर रहेको छ । 

    मंगलबार चारवटा कम्पनीको शेयरमा सर्किट लागेको छ । यसदिन तारागाउँ रिजेन्सी, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

    images
    images

    आज कारोबार रकम पनि बढेको छ । सोमबार ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर कारोबार भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend