images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिकाका रूपमा...

उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिकाका रूपमा श्रद्धा सम्मानित

उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिकाका रूपमा श्रद्धा सम्मानित

images
images
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • काठमाडौं । कैलालीको धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयले एक जना शिक्षिकालाई सम्मानित गरेको छ। विद्यालयको ४८औँ वार्षिकोत्सवको अवसरमा  माध्यमिक तह अंग्रेजी विषय शिक्षिका श्रद्धा श्रेष्ठ सम्मानित भएकी हुन्।

    images
    images

    त्रिनगरमा अध्ययनरत विद्यार्थीले एसईईमा अंग्रेजी विषयमा ८५.६० प्रतिशतसम्म नतिजा ल्याउन  सफल भएको भन्दै उनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ। श्रेष्ठलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री सरस्वती खड्काले सम्मान पत्रसहित दोसल्ला प्रदान गरेकी थिइन्।

    श्रेष्ठ निकै मिहिनेती शिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए।

    images
    images

    ‘उहाँ निकै मिहिनेती शिक्षिका हो। काममा लगनशील हुनुहुन्छ। उहाँलाई गरिएको सम्मानले अरू शिक्षकमा पनि प्रेरणा जागृत हुने विश्वास लिएका छौँ। राम्रो कामको राम्रै मूल्यांकन हुन्छ भन्ने यो उदाहरण पनि हो,’ खड्काले भने।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend