images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • जलविद्युत् गृहमा विपन्न वर्गको सेयर सुनिश्चित...

जलविद्युत् गृहमा विपन्न वर्गको सेयर सुनिश्चित गर्छौंः ऊर्जामन्त्री खड्का

जलविद्युत् गृहमा विपन्न वर्गको सेयर सुनिश्चित गर्छौंः ऊर्जामन्त्री खड्का

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौंः जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत निर्माण हुन लागेका आयोजनामा विपन्न वर्गको सेयर सुनिश्चित गरिने बताएका छन् । जनताको जलविद्युत् कार्यक्रम कार्यान्वयनका लागि बनेको कार्यविधि माथि आज मन्त्रालयमा भएको छलफलमा उनले आयोजनामा गरिब तथा विपन्न वर्गको सेयर सुनिश्चित गरिनुपर्ने बताएका हुन् । 

    images
    images

    “स्रोतमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसके सम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण हुन सक्दैन”, ऊजामन्त्री खड्काले भने, “त्यसैले जलविद्युत् गृहको सेयर निष्कासन गर्दा गरिब तथा विपन्न वर्गको सेयरको ग्यारेन्टी राज्यले लिनुपर्ने नीतिलाई सरकारले अगाडि बढाउन खोजेको छ । सोको कार्यान्वयन हुने गरी आवश्यक व्यवस्था गरौँ ।”

    उनले जनसंख्याको आधारमा भन्दा पनि घरधुरीको आधारमा सेयरको व्यवस्था गरिने बताए । स्थानीय सरकारले दिएको तथ्यांकअनुसार गरिब तथा अतिविपन्न वर्गको पहिचान गरी सरकारले सेयरको ग्यारेन्टी गर्नुपर्नेमा मन्त्री खड्काको जोड थियो । “उक्त सेयरका लागि सरकारले वाणिज्य बैंक मार्फत सहुलियत दरमा कर्जा सुनिश्चित गर्नेछ”, उनले भने । 

    images
    images

    सरकारले जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत देशभर २२ आयोजनालाई अगाडि सारिसकेको छ । जसमा माथिल्लो त्रिशूली, माथिल्लो अरुण, अरुण किमाथांका, घुन्साखोला, सिम्बुवा खोला, रसुवागढी, सान्जेन, अपर सेती, बूढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेती लगायत रहेका छन् । 

    उक्त कार्यक्रम सञ्चालनमा आए गरिबीको रेखामुनि रहेका लक्षित वर्गको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार आउने र समग्रमा राष्ट्रिय मानव विकास सूचकांकमा समेत सकारात्मक प्रभाव पार्ने ऊर्जा मन्त्रालयले जनाएको छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend