images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९...

लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ विद्यार्थी दीक्षित

लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ विद्यार्थी दीक्षित

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा २ सय ८९ विद्यार्थी दीक्षित भएका छन् ।

    images
    images

    विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका हुन्। 

    सो अवसरमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे।

    images
    images

    ललितपुरमा जन्मिएकी ९१ वर्षीया गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७औं विश्वविद्यालयसभाले उनलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

    यसैगरी प्रधानमन्त्री ओलीले पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend