images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • सार्वजनिक शिक्षा सुधारको माग राख्दै धनगढीमा...

सार्वजनिक शिक्षा सुधारको माग राख्दै धनगढीमा मौन प्रदर्शन

सार्वजनिक शिक्षा सुधारको माग राख्दै धनगढीमा मौन प्रदर्शन

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • धनगढी । सार्वजनिक शिक्षा सुधारको माग राखेर धनगढीमा मौन प्रदर्शन गरिएको छ ।नेपाल समाजवादी पार्टी नेपाल निकट नेपाल समाजवादी विद्यार्थी युनियनले १५ बुँदे माग राखेर मौन प्रदर्शन गरेको युनिनयका केन्द्रीय अध्यक्ष नेत्र चापागाईंले जानकारी दिए ।

    images
    images

    धनगढीको ट्राफिक चौराहमा सार्वजनिक शिक्षा सुधारका १५ बुँदे मागसहित ब्यानर टाँगेर सडकमा उभिएर मौन प्रदर्शन गरिएको उनले बताए ।नयाँ शिक्षा ऐन ल्याउँदा देशैभरिका स्थानीय तहमा कानुन निर्माणमा जटिलता र अन्योल सृर्जना गरेकाले उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा तत्काल नयाँ शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग अघि सारिएको उनले बताए ।

    गण्डकी प्रदेशको पोखराबाट सार्वजनिक शिक्षा सुधारका लागि प्रदर्शन थालिएकोमा सुदूरपश्चिमसहितका सबै प्रदेशमा प्रदर्शन गरिने उनले बताए । सबै प्रदेश राजधानीमा दुई दिन मौन प्रदर्शन गर्दै शिक्षा ऐन परिवर्तन गर्न सरकारलाई दबाब दिइने उनी बताउँछन् ।

    images
    images

    ‘२०७२ सालमा नेपालमा संविधान जारी भयो । मौलिक अधिकार सम्बन्धी कानुन तीन वर्षभित्र बनाइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, ९ वर्षसम्म शिक्षा ऐन बनेको छैन,’ चापागाईंले भने, ‘यसले ७५३ वटै स्थानीय तह, ७ वटै प्रदेश सरकार शिक्षा ऐन बनाउन सकिरहेका छैनन् । तत्काल उच्चस्तरीय शिक्षा आयोगको सिफारिसका आधारमा नयाँ ऐन ल्याउनुपर्छ ।’

    इसीडी शिक्षा, विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थी छात्रवृत्ति परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्ने, पाठ्यक्रममा सिपमुलक शिक्षा र खेलकुद अनिवार्य समावेश गर्नुपर्ने माग समेत अघि सारिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend