images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • उद्योगीका घरमा बिजुली काट्ने निर्देशन भएको...

उद्योगीका घरमा बिजुली काट्ने निर्देशन भएको छैन : विद्युत् प्राधिकरण

उद्योगीका घरमा बिजुली काट्ने निर्देशन भएको छैन : विद्युत् प्राधिकरण

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड फिडरमार्फत महसुल बक्यौता नतिर्ने उद्योगीका घरमा जोडिएको लाइन काट्ने निर्देशन जारी नभएको जनाएको छ ।

    images
    images

    कतिपय मिडिया र सामाजिक सञ्जालमा बक्यौता नतिर्ने उद्योगीका घरमै लाइन काट्न सक्ने भन्ने खबरहरू सार्वजनिक भएसँगै प्राधिकरणले यस्तो प्रतिक्रिया दिएको हो ।

    प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार, प्राधिकरणको नियमावलीमा नै सरकारी बाँकी बक्यौता सरह असुल उपर गरिने व्यवस्था रहेको छ । तर, त्यसका लागि विद्युत् नियमन आयोगको समेत रायका आधारमा निर्णय हुनेछ ।

    images
    images

    महसुल बक्यौता नतिरेको खण्डमा उद्योगीका घरमा जोडिएको लाइन काट्ने व्यवस्था भने रहेको उनको भनाइ छ । तथापि, हालसम्म प्राधिकरणले कुनै पनि उद्योगीको घरमा विद्युत् लाइन नकाटेको उनको दाबी छ ।

    प्रवक्ता घोषले अहिलेसम्म महसुल बक्यौता नतिर्ने उद्योगीका घरको लाइन काट्ने निर्देशन जारी नभएको समेत बताए ।प्राधिकरणले महसुल बक्यौता तिर्न यसअघि १५ दिनको म्याद दिएको थियो । उक्त म्याद बुधबार सकिए पनि उद्योगको लाइन काट्ने निर्णय भने भएन । विद्युत् नियमन आयोगले पनि उद्योगको लाइन नकाटेर महसुल बक्यौता उठाउन निर्देशन दिइसकेको छ ।

    प्राधिकरणले लाल आयोगको प्रतिवेदनअनुसार उद्योगमा बिल पठाइसकेको जनाएको छ । तर, उद्योगीहरूले भने महसुलबापतको प्रिमियम शुल्क बुझाउन आलटाल गर्दै आइरहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend