images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • छैटौँ ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरी...

छैटौँ ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

छैटौँ ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

images
images
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं । छैटौँ ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरी जवाफ प्रतियोगिता (काठमाडौं उपत्यका व्यापी) सम्पन्न भएको छ। उक्त प्रतियोगितामा सामाखुसी स्थित रेडन स्कुलले उपाधि जित्न सफल भयो।

    images
    images

    मंगलबार क्षेत्रपाटी स्थित ह्वाइटफिल्ड मा.वि.को सभा हलमा आयोजित अन्तिम चार प्रतिस्पर्धी विद्यालय बिचको रोचक फाइनल राउन्डमा ३५० अङ्क सहित शीर्ष स्थानमा रहँदै उसले उपाधि हात पारेको हो।

    त्यस्तै ३१० अङ्क सहित नेश्नल मोडेल साइन्स स्कुल, गोङ्गबुले दोस्रो स्थान हासिल गर्दा ब्राइट फ्युचर स्कुल, सातदोबाटो २८० अङ्क सहित तेस्रो र वसुन्धरा स्थित नेपाल मोडेल स्कुलले सान्त्वना स्थान प्राप्त गर्न सफल भए। यी चार विद्यालयहरू मङ्सिर ११ गते, मंगलबार सम्पन्न छनौट चरण हुँदै सेमी–फाइनलमा आ–आफ्नो समूहको विजेता बन्दै फाइनल राउन्ड प्रवेश गरेका थिए।

    images
    images

    कुल २६ विद्यालयको सहभागितामा ह्वाइटफिल्ड स्कुलले  काठमाडौं उपत्यका व्यापी अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान हाजिरी जवाफको छैटौँ संस्करण सम्पन्न गरेको हो। अघिल्ला पाँच वटा संस्करणहरूको सफलतालाई निरन्तरता दिँदै मङ्सिर ११ गते सुरु गरी १२ गते भव्य कार्यक्रम गर्दै प्रतियोगिता समापन गरेको हो । उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका विद्यालयहरूको सहभागिता रहेको थियो।

    काठमाडौं महानगरपालिका वडा नं १७ का अध्यक्ष  नवीन मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल मोडेल स्कुलका प्रधानाध्यापक र अन्य अतिथिले समेत आफ्नो विचार राखेका थिए। हाजिर जवाफ प्रतियोगिताको फाइनल सकिएसँगै आयोजकले सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रमाणपत्र दिएको थियो।

    कार्यक्रममा प्रथम हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु १५०००, दोस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु १००००, तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु ५००० तथा सान्त्वनाले मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

    उक्त कार्यक्रममा ह्वाइटफिल्ड स्कुलका प्रधानाध्यापक पारस श्रेष्ठले सबैको साथ सहयोगका कारण अघिल्ला पाँच वटा संस्करण जस्तै यो छैटौँ संस्करण पनि सफल भएको प्रतिक्रिया दिए।

    उनले विजयी विद्यालयलाई बधाई दिँदै सबै प्रतिस्पर्धीलाई आगामी यात्राका लागि शुभकामना दिए। श्रेष्ठले कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरे।

    ह्वाइटफिल्ड स्कुलका संयोजक राममणि बगालेले सञ्चालन गरेको कार्यक्रममा उनी सहित विमल चापागाईँ, जेके अर्यालले क्विज मास्टरको भूमिका निर्वाह गरेका थिए।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend