images

२०८३ कार्तिक ३ गते

images
images
images
  • शेयर
  • विशाल बजार बन्यो सेयर बजारको...

विशाल बजार बन्यो सेयर बजारको सबैभन्दा ठूलो कम्पनी

विशाल बजार बन्यो सेयर बजारको सबैभन्दा ठूलो कम्पनी

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं । नेपाल टेलिकमलाई उछिन्दै विशाल बजार कम्पनी सेयर बजारको सबैभन्दा ठूलो कम्पनी बनेको छ ।

    images
    images

    विशाल बजार कम्पनीको कुल पूँजीकरण (कुल सेयरको मूल्य) १ खर्ब ९८ अर्ब ४९ करोड ५० लाख रुपैयाँ पुगेको छ । जबकि नेपाल टेलिकमको पूँजीकरण १ खर्ब ७७ अर्ब ८५ करोड ८० लाख रुपैयाँ छ ।

    सरकारसँग भएको कम्पनीको संस्थापक सेयर बजारमा सूचीकरण भएको छ । ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता सेयर सूचीकृत भएसँगै कम्पनीको आकार सबैभन्दा ठूलो भएको हो ।

    images
    images

    बुधबार नै कम्पनीको सेयर मूल्य पनि १० प्रतिशत बढ्यो । पूँजीकरणका आधारमा सबैभन्दा ठूलो भएपछि अब यस कम्पनीको मूल्यले व्यापार समूहलाई पूर्ण रुपमा प्रभाव पार्नेछ भने समग्र बजारलाई पनि हल्लाउने क्षमता राख्दछ ।

    विशाल बजार कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता ४ हजार ९५० रुपैयाँ छ । बजारमा कुल ४ करोड १ लाख सेयर सूचीकृत भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend