images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • वाणिज्य बैंकले आयात भयकाे सुन वितरणमा...

वाणिज्य बैंकले आयात भयकाे सुन वितरणमा लगाइएको सिन्डिकेट हटाउन सर्वोच्चको आदेश

वाणिज्य बैंकले आयात भयकाे सुन वितरणमा लगाइएको सिन्डिकेट हटाउन सर्वोच्चको आदेश

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं ।  सर्वोच्च अदालतले वाणिज्य बैंकहरुले आयात गर्ने सुन वितरणमा लगाइएको सिन्डिकेट हटाउन आदेश दिएको छ ।

    images
    images

    सुनचाँदी व्यवसायीसँग सम्बन्धित संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट भएको भन्दै दायर रिटमा सर्वोच्चले व्यवसायीले सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी आदेश दिएको हो ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको स्थितिमा व्यवसायीहरुलाई संघ र संगठनमा आबद्ध नभएपनि सुन खरिद गर्न नरोक्न राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको छ । यसअघि सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासंघसहितका संघ महासंघको सदस्यता हुनुपर्ने र नभएको अवस्थामा सुन नै नपाइने अवस्था थियो ।

    images
    images

    संघ महासंघले सुन खरिदका नाममा नियमावलीलाई गलत व्याख्या गरेर सिन्डिकेट लादेको भन्दै श्री रिद्धिसिद्धि ज्वेलर्सको तर्फबाट अख्तियारप्राप्त सागर ढुंगानाले रिट दायर गरेका थिए । तर, अब व्यवसायीले वाणिज्य बैंकबाट आयात भएको सुन सिधै खरिद गर्न पाउने भएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend