गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्ण रुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।
‘कानुनले जातीय विभेदलाई पूर्ण रुपमा बर्जित गरेको भए पनि हाम्रो समाजमा अझै पनि दलित र गैरदलितबीच भित्रभित्रै विभेद भएका घटना यदाकदा आउने गरेका छन् ।’ उनले भने, ‘‘यसलाई अन्त्य गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैरदलितबीच विवाह गर्ने जोडीलाई सम्मान गरिएको हो ।’
पालिकाभित्रका सबै वडामा दलित र गैरदलितबीच विवाह भएका जोडीको विवरण संकलन गरेर एक कार्यक्रमबीच मंगलबार उनीहरूलाई सम्मान गरिएको उनले जानकारी दिए ।




.gif)





