images

२०८३ आश्विन १९ गते

images
images
images

एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्यो लाभांश

एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्यो लाभांश

images
images
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं ।  एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ ।

    images
    images

    यस कम्पनीको मंगलबार बसेको  सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ । 

    लाभांश र हकप्रद प्रस्तावसहित एनआरएनले आफ्नो १२ औँ वार्षिक साधारणसभा (एजीएम) पुस १२ गते बोलाएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।

    images
    images

    सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद ल्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

    सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend