काठमाडौँ — अम्बे स्टील्स र जय अम्बे स्टील्सले आइएसओ २२३०१ प्रमाणपत्र प्राप्त गरेको छ । यो उपलब्धिले व्यापार निरन्तरता व्यवस्थापन र सञ्चालन उत्कृष्टता झल्काएको कम्पनीले जनाएको छ ।
आइएसओ २२३०१ व्यापार निरन्तरता व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय मानक हो, जसले संस्थाहरूलाई कुनै पनि अवरोधको समयमा प्रभावकारी रूपमा प्रतिक्रिया दिन र सञ्चालनलाई निरन्तरता दिन सक्षम बनाउँछ। यो प्रमाणपत्र प्राप्त गरी, अम्बे स्टील्स र जय अम्बे स्टील्सले आफ्ना ग्राहक र सरोकारवालाहरूलाई स्थायित्व, विश्वसनीयता, र उच्च मापदण्ड सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
'यो प्रमाणपत्रले हाम्रो व्यवसायिक स्थायित्व र ग्राहकप्रतिको निरन्तर सेवाको सुनिश्चितताप्रतिको प्रतिबद्धतालाई झल्काउँछ', अम्बे स्टील्स र जय अम्बे स्टील्सका निर्देशक शिवाज न्यौपानेले भने ।
यस उपलब्धिले दुवै कम्पनीहरूको नवीनता, अन्तर्राष्ट्रिय मापदण्ड र निरन्तर सुधारप्रतिको प्रतिबद्धतालाई उजागर गर्ने कम्पनीले जनाएको छ ।




.gif)





