images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • गाउँमा उत्पादन भएकाे घिउँले बजार...

गाउँमा उत्पादन भएकाे घिउँले बजार पाएन

गाउँमा उत्पादन भएकाे घिउँले बजार पाएन

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं ।कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका घिउँ  उत्पादनका हिसावले राम्रो क्षेत्र हो । यहाँका प्राय घरमा भैँसी पाल्ने चलन अहिले पनि कायमै छ । 

    images
    images

    भैँसीको दुधबाट उत्पादन हुने घियुले बजार नपाउदा किसान समस्यामा छन् । नरहीनाथ ७ मालकोटका ६० वर्षीय रत्नबहादुर बटालाको भैंसपालन पुख्र्यौली पे्शा हो । उहाँको अहिले सातवटा भैंसी छन्। लैना भैँसीबाट उत्पादन गरेको दूध, दही र घिउँले भने पाउन सकेको छैन । 

    उत्पादित घिउँले भने जस्तो बजार नपाउदा बटाला निरास हुनुहुन्छ । पहिलाको जस्तो बद्रियाको राजापुर, कैलालीको चिसापानी लिएर घिउँ बिक्री गर्नु पर्ने बाध्यता भने हटेको बटालाको भनाइ छ । बटाला जस्तै वडा नं ५ रुप्साका मनवीर सहकारीका गोठमा ६ वटा भैंसी छन् । परापुर्वकाालदेखि भैंसीपालन गरिरहनु भएका सहकारीको घरमा दैनिक १२ लिटर दूध उत्पादन हुन्छ, तर बजारकै समस्याका कारण दूध बिक्री गर्न हुन सकेको छैन । दुध जमाएर मोही पार्ने र घिउँ जम्मा गर्ने गरिरहनु भएको छ । 

    images
    images

    सहकारीले पहिला जस्तो सस्तो घिउँ नभएको मूल्य बढेपनि बजारको अभाव भने हुँदै आएको बताउनुभयो । पहिला राजापुरमा लिएर घिउँ बेच्नु पर्ने हुन्थ्यो, अहिले केही कर्मचारी यतै गाउँमा आएका बेला घिउँ किन्नु हुन्छ, तर केही घिउँ घरमै रहने गरेको छ । गाउँमा प्रशस्त घाँस पाइने र चरन क्षेत्र पनि धेरै राम्रो भएकाले नरहरिनाथ गाउँपालिकाका अधिकांश स्थानीयले भैंसी पाल्ने गर्दछन् । तर दुग्धजन्य पदार्थ बिक्रीमा समस्या छ । बजार अभावमा स्थानीयले उत्पादन गरेको घिउँ घरमै थन्कीने गरेको छ । 

    स्थानीय अमर बटालाका अनुसार दूध बिक्री नभएपछि त्यसको घिउँ बनाउँदै आएको छौ । घिउँ बिक्री गर्न पनि तीन/चार घण्टा हिँडेर स्थानीय बजार पुग्नुपर्छ, उहाँले भन्नुभयो बिक्रीका लागि घरघर डुल्नुपर्ने बाध्यता छ । कतिपय बेला गाउँमै खोजि हुन्छ तर भने जस्तो मुल्य नपाउने हुनाले बिग्री गदैनौँ । अधिकांश परिवारमा दुई वटा भैंसी छन् । गाउँसम्म सडक सुविधा भए पनि गाडी कमै मात्र चल्ने गरेका छन् । अहिले नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा ल्याएको घिउसमेत बिक्री हुन सकेको छैन । प्रतिकिलो सात सय रुपियाँ पर्ने भएकाले जो कोहीले घिउँ किन्दैनन । ब्यापारीले झन सस्तोमा खरिद गर्न खोज्ने भएकाले घिउँ घरमै थन्कीने गरेको छ । 

    रेडक्रस कुमालागाउँ शाखा सभापति रामवहादुर वटालाले सदरमुकाम मान्ममा प्रतिलिटर ६० रूपैयाँमा दूध बिक्री हुने गरेपनि यहाँ गाउँमा दुध खपत नहुने हुदा किसान समस्यामा रहेको बताउनुभयो । प्राय गाउँमा सबैका लैना (दुध दिने) भैँसी छन, कसले किनीदिनु त्यसैले पनि घिउँ बनाउनुको बिकल्प नभएको वटालाको भनाइ छ । हामीसँग घिउँ  बनाउनेबाहेक अन्य कुनै सीप छैन, उहाँले भन्नुभयो, आवश्यक तालिम र उपकरणमा कसैले सहयोग गरे दुग्धजन्य उत्पादनलाई नै व्यवसाय बनाउन सकिन्थ्यो । 

    वटालाले गाउँमा एउटा भैंसीको मूल्य ५० हजारदेखि ७० हजार रूपियाँसम्म पर्छ, तर एउटा भैंसीको दूधबाट वर्षमा ३० किलोसम्म घिउँ उत्पादन मात्र हुन्छ त्यसैले भैँसीको लगानी डुब्ने गरेको किसानको गुनासो छ । सरकारले किसानका लागि अनुदानको ब्यवस्था नगर्दा खास किसान मर्कामा पदै आएका छन । कृषि विकास कार्यालय, पशु सेवा कार्यालयले खास किसान भन्दा पनि पहुँचवालालाई अनुदान दिने चलन अहिले पनि जारी छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend