images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास...

नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति

नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौँ ।  नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास (एलएनजी)  आयात गर्न लागिएको छ ।

    images
    images

    यस्तो ग्यास आयात गर्न योग्य होल्डिङ्स नामक निजी कम्पनीलाई उद्योग विभागले मंसिर ७ गते अनुमति दिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । 

    ‘नेपालबाट अनुमति पाउन ढिला भयो भारतीय आयल निगम कर्पोरेसनबाट २०८१ वैशाखमा अनुमति पाइसकेको हो,’ घिमिरेले भने, ‘नेपालमा यो ग्यास पहिलो पटक आयात हुन लागेको हो । यससँग सम्बन्धित नीति नियम नहुँदा अनुमति पाउन ढिला भयो ।’ 

    images
    images

    तत्काल सानो परिमाणबाट आयात सुरु गर्ने र भविष्यमा ठुलो परिमाणमा आयात गर्ने बताए । 

    घिमिरेका अनुसार लिक्वीफाइड ग्यास एउटा प्राकृतिक ग्यास हो । जुन एलपी ग्यासको तुलनामा धेरै सस्तो मूल्य पर्छ । जसको प्रयोगबाट कोइला, आगो, डिजेल लगायतको वस्तुबाट चल्ने उद्योग चलाउन सकिने र कार्वन उत्सर्जनबाट वातावरण प्रदूषण हुनबाट रोक्न सकिने घिमिरेको भनाइ छ । 

    यसैगरी डिजेलबाट चल्ने सवारी साधनमा पनि उक्त ग्यासको प्रयोग गर्न सकिने उनले बताए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend