images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • इन-ड्राइभ चालकका लागि आईएमई पेले ल्यायो...

इन-ड्राइभ चालकका लागि आईएमई पेले ल्यायो 'पाँचमा १००- इन-ड्राइभको पुरै कमिसन फिर्ता' योजना

इन-ड्राइभ चालकका लागि आईएमई पेले ल्यायो 'पाँचमा १००- इन-ड्राइभको पुरै कमिसन फिर्ता' योजना

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । डिजिटल वालेट आइएमई पेले राइड शेयरिङ एप इन-ड्राइभ चालकहरूका लागि 'पाँचमा १००- इन-ड्राइभको पुरै कमिसन फिर्ता' नामक नयाँ योजना  सार्वजनिक गरेको छ । यो योजना  विशेष रूपमा इन-ड्राइभ चालक र उनीहरू मार्फतका  सेवाग्राहीहरूलाई लक्षित गरी ल्याइएको हो ।

    images
    images

    आइएमई पे एपमा उपलब्ध विभिन्न डिजिटल भुक्तानी सेवाहरूको बारेमा सचेतना जगाउन यो योजना ल्याइएको कम्पनीले जनाएको छ । ९ मङ्सिरदेखि ९ फाल्गुनसम्म ३ महिनाका लागि चल्ने यस योजनामा आईएमई पे एपबाट इन-ड्राइभ एपमा टप-अप गर्ने चालकहरूले आइएमई पे एपमा तोकिएका कारोबार वा भुक्तानी गरेर आफूले इन-ड्राइभलाई तिर्नु पर्ने सम्पूर्ण कमिसन फिर्ता पाउन सक्नेछन् । 

    साथै तोकिएको  कारोबार  वा भुक्तानी गरे बापत १०० रुपैयाँसम्म अधिकतम बोनस पनि जित्ने मौका रहेको छ । चालकहरूले यस योजना अन्तर्गतको कमिसन प्राप्त गर्न विभिन्न ५ ओटा कार्य वा भुक्तानी गर्नु पर्ने हुन्छ । 

    images
    images

    जसअनुसार नयाँ ग्राहकलाई आफ्नो रिफरल कोड दिएर आईएमई पे एपमा साइन-इन गराउँदा ७५ रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ । यात्राको भुक्तानी क्यूआर वा वालेट ट्रान्सफर मार्फत आफ्नै आईएमई पे एपमा लिँदा प्रतिदिन १० रुपैयाँ बोनस उपलब्ध हुनेछ ।

    यति मात्र होइन, आफ्नै आइएमई पे एपबाट डेटा प्याक किन्दा प्रति दिन १० रुपैयाँ बोनस, भ्वाइस प्याक लिँदा प्रतिदिन थप १० रुपैयाँ बोनस र मोबाइल रिचार्ज गर्दा प्रति दिन १० रुपैयाँ बोनस पाउन सकिनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend