images

२०८३ आश्विन १६ गते

images
images
images

तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्दै उपमहानगर

तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्दै उपमहानगर

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । तीन पाङ्ग्रे सवारी साधनका कारण अस्तव्यस्त बनेको बागमती प्रदेशको राजधानी हेटौँडामा तीन पाङ्ग्रे सवारी साधनलाई व्यवस्थापन गरिने भएको छ । सवारी व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकाले छुट्टै सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

    images
    images

    हेटौँडा–११ थानाभर्याङमा रहेको तौलपुलबाट सोमबारदेखि उपमहानगरपालिकाले तीन पाङ्ग्रे सवारी व्यवस्थापनको काम सुरु गरेको छ । उपमहानगरले सञ्चालनमा ल्याएको सेवा केन्द्रको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले रिबन काटेर उद्घाटन गर्नुभएको छ ।

    सेवा केन्द्रको उद्घाटन गर्दै सुन्दर नगरलाई थप व्यवस्थित गर्दै लैजानका लागि तीन पाङ्ग्रे सवारी लक्षित गर्दै सेवा केन्द्र सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । उहाँले सेवा केन्द्रबाट तीन पाङ्ग्रे सवारीका लागि परेका समस्याको समाधान गर्दै व्यवस्थित ढङ्गबाट सञ्चालनको व्यवस्था मिलाउने तयारी उपमहानगरले गरेको जानकारी दिनुभयो ।

    images
    images

    पटक-पटकको सर्वपक्षित छलफल पछि अहिले नियमित कामको वातावरण तयार भएको भन्दै नगर क्षेत्रमा सञ्चालनमा रहेको तीन पाङ्ग्रे सवारीलाई स्टिकर टाँसको व्यवस्था मिलाउँदै अघि बढेको उहाँको भनाइ छ । सेवा केन्द्र उद्घाटनका क्रममा नगर प्रमुख लामाले केही सवारीका लागि स्टिकर हस्तान्तरण गर्नुभएको थियो ।

    सेवा केन्द्रले हेटौँडा उपमहानगर भित्र बाह्य क्षेत्रबाट सञ्चालन अनुमति बिना आएका सवारी नियन्त्रणका लागि आवश्यक समन्वय गर्दै नगर क्षेत्र भित्रका लागि स्टपर्मिटको व्यवस्था, स्टिकर टाँसको काम गर्ने बताइएको छ । बाह्य जिल्लाबाट आएका सवारीका कारण यहाँका तीन पाङ्ग्रे सवारी चालक मारमा परेको गुनासो पछि उपमहानगरले स्टिकर टाँस गरी स्थानीय सवारी व्यवस्थापनको काम गरेको तीन पाङ्ग्रे सवारी व्यवस्थापन समितिका संयोजक सबिन न्यौपानेले बताउनुभयो ।

    उहाँका अनुसार २०७६ पुस ७ गतेभन्दा अघि हेटौँडा र मकवानपुर चल्ने अनुमति पाएका तीन पाङ्ग्रे सवारीलाई अहिले सेतो स्टिकर टाँस गरिने छ । यस अघि पहिलो चरणमा हरियो, दोस्रो चरणमा पहेँलो टाँस गरिएको थियो । अहिले उपमहानगरले थालेको काम पछि अब स्टिकर टाँस नभएका सवारीलाई कडाइका साथ नियन्त्रण गरिने बताइएको छ ।

    एक महिनासम्म स्टिकर टाँसको समय दिइएको छ अब पनि अटेर गरेमा ट्राफिक र नगर प्रहरीको समन्वयमा कडाइका साथ अनुगमन र नियन्त्रण गरिने उपमहानगरले जनाएको छ । स्टिकर टाँससँगै केही समयमा उपमहानगर क्षेत्रभित्र तीन पाङ्ग्रे सवारीको रुट अध्ययन पश्चात् वैज्ञानिक भाडादर निर्धारण गर्ने योजना उपमहानगरले बनाएको छ । उपमहानगरले पहिलो चरणमा हरियो स्टिकर  एक हजार ६७६ वटा सवारीलाई वितरण गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend