images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई ...

बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई नेसनल लाइफले गर्‍यो सम्मान

बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई नेसनल लाइफले गर्‍यो सम्मान

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेश अन्तर्गत सीईओ क्लबका सदस्यहरूलाई सम्मान गरेको छ ।

    images
    images

    काठमाडौंस्थित स्मार्ट दरबारमा आयोजित कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य बन्न सफल अभिकर्तालाई सीईओ क्लब सदस्यता वितरण गरिएको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल अभिकर्ता, विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेश प्रमुख एवं शाखा प्रमुखहरू सहभागी थिए ।

    images
    images

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बागमती प्रदेशबाट आफ्नो कोडमा र सञ्जलमा प्रथम द्वितीय र तृत्तिय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरेका थिए ।

    यसैगरी प्रमुख कार्यकारी अधिकृत खत्रीले बागमती प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend